काठमाडौं, १७ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आन्दोलनरत नर्सका माग सम्बोधन गर्न बैठक बस्दैछ ।
नेपाल नर्सिङ संघले नर्सहरुका विभिन्न मागलाई लिएर सरकारसँग शनिबार सहमति गरेको थियो। उक्त सहमतिमा आन्दोलनरत नर्सहरुले विरोध गर्दै आन्दोलन जारी राखेपछि पुन: बैठक बस्न लागिएको हो ।
अफिनका अध्यक्ष डा पदम खड्काले मन्त्रालयमा ३ बजे बैठक बस्ने भनेर जानकारी आएको जानकारी दिनुभयो ।
नर्सिङ संघले नर्सका माग पूरा नहुँदै सहमति गरेको भन्दै सङ्घर्ष समितिले नर्सिङ संघको कार्यालय घेराउ गरेको थियो ।
आन्दोलनरत नर्सहरुको माग पूरा अधुरो सम्झौता गरेको भन्दै आन्दोलनरत नर्सहरुले आइतबार नर्सिङ संघको कार्यालय घेरेपछि नर्सिङ संघ सहमति बाट ब्याक हटेको हो ।
त्यसपछि आन्दोलनरत नर्सका प्रतिनिधिहरु र संघका प्रतिनिधिहरुले आकस्मिक छलफल गरेका थिए। छलफल पश्चात् नेपाल नर्सिङ संघले आन्दोलनरत नर्सहरुकै माग अनुसार आन्दोलनका कार्यक्रम जारी राख्ने सहमति गरेको थियो।
सरकारले नर्सिङको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेको छ।