• सोमबार, १५ भदौ २०८३
  • images

    परस्त्रीसँग होटलमा बसेका सतिशकुमारको रहस्यमय मृत्यु

    परस्त्रीसँग होटलमा बसेका सतिशकुमारको रहस्यमय मृत्यु

    आइतबार, कात्तिक १६ २०८२
    आइतबार, कात्तिक १६ २०८२
    परस्त्रीसँग होटलमा बसेका सतिशकुमारको रहस्यमय मृत्यु

    बुटवल, १६ कार्तिक । बुटवलमा परस्त्रीसँग होटलमा बसेका एक पुरुषको रहस्यमय ढंगले मृत्यु भएको छ । प्रहरीले उक्त घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ ।


    बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटेल एन्ड लजमा एक विवाहित महिलासहित होटल पुगेका बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको शनिवार दिउँसो मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले क्षेत्रीको मृत्युबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । क्षेत्रीको शव पोस्टमार्टमका लागि अस्पताल  पठाइएको बताउँदै उहाँले त्यसको रिपोर्ट आएपछिमात्र मृत्युको कारणबारे थाहा हुने बताउनुभयो ।

     शवमा बाहिरी चोटपटक केही देखिएको छैन ।उहाँले पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारण भन्न नसकिने बताउनुभयो ।
    प्रहरीका अनुसार शनिबार दिउँसो बुटवल–२ पाखा पानीकी ३० वर्षीय महिलासँग क्षेत्री सो होटलमा पुगेका थिए । ती महिलाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूका साथ दुई बच्चा पनि थिए ।


    अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार होटलको फरक तलामा एक–एक वटा कोठा बुक गरे पनि उनीहरूले एउटै रुपमा मगाएर खाजा खाएका थिए । अचानक क्षेत्री बेहोस भएको भन्दै उनीसँगै होटलमा बसेकी महिलाले होटल सञ्चालकलाई जानकारी गराएकी थिइन् । त्यसपछि क्षेत्रीलाई तत्काल एम्बुलेन्समा राखेर लुम्बिनी प्रादेशिक अस्पताल पु‍¥याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

    माथिल्लो तलाको कोठामा सँगै बसेर मासु र मदिरा सेवन गरेपछि उनीहरू तल्लो तलाको कोठामा बसेको खुलेको  प्रहरीले जनाएको छ । प्रहरीले क्षेत्रीसँगै रहेकी महिलालाई सोधपुछका लागि नियन्त्रण लिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार