• सोमबार, १५ भदौ २०८३
  • images
    नर्सको आन्दोलन

    बिहानको वार्ता निष्कर्षविहिन, राती ७ बजेदेखि सर्वपक्षीय वार्ता सुरु

    बिहानको वार्ता निष्कर्षविहिन, राती ७ बजेदेखि सर्वपक्षीय वार्ता सुरु

    शुक्रबार, कात्तिक १४ २०८२
    शुक्रबार, कात्तिक १४ २०८२
    बिहानको वार्ता निष्कर्षविहिन,  राती ७ बजेदेखि सर्वपक्षीय वार्ता  सुरु
    फाइल तस्वीर

    काठमाडौँ, १४ कात्तिक । आन्दोलनरत नर्सको मागका सम्वन्धमा आज बिहान कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएपछि राती ७ बजे देखि पुन सुरु भएको छ।


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भएको वार्तामा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा, सचिवद्धय डा. विकास देवकोटा र डिल्लीराम शर्मा,निजि  मेडिकल तथा डेन्टल कलेज सञ्चालकका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्की, निजी अस्पताल सञ्चालकको सस्थाका प्रतिनिधि,नेपाल नर्सिङ संघकि अध्यक्ष चन्द्रकला शर्मा , नर्सिङ परिषद्, स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखा लगायत विभिन्न निकायका प्रतिनिधिहरुबिछ वार्ता भइरहेको छ ।


    नर्सहरुले उठाएको मागका सम्वन्धमा आज विहान एक चरण छलफल भइरहेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आज वार्ता टुंगोमा पुर्याइने बताउनुभयो । 

     आन्दोलनरत नर्सहरुले निजी अस्पताल तथा स्वास्थ्य संस्थामा आफूहरुको तलव ज्यादै न्युन रहेको भन्दै सरकारी सरह अर्थात स्टाफ नर्स तलव स्केल ३४७३० रुपैयाँ हुनुपर्ने माग गर्दै आएका छन् ।

    नर्सहरुले माग पुरा गर्न दवाव दिन दिनहुँ दुई घण्टा (विहान १० देखि १२ बजेसम्म) आकस्मिक बाहेक सेवा बहिस्कार गरि अस्पतालहरुमा धर्ना दिदै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार