• सोमबार, १५ भदौ २०८३
  • images

    भाषण गर्दागदै एमाले नेता गौतमको मृत्यु

    भाषण गर्दागदै एमाले नेता गौतमको मृत्यु

    बिहीबार , कात्तिक १३ २०८२
    बिहीबार , कात्तिक १३ २०८२
    भाषण गर्दागदै एमाले नेता गौतमको मृत्यु

    बुटवल, १३ कार्तिक । नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको हृदयघातको कारण निधन भएको छ ।

     उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा भाषण गर्दागदै बेहोस भएर ढल्नुभएको थियो ।
     उहाँलाई तत्कालै थप उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

     अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले गौतमको मृत्यु भएको जानकारी दिनुभयो ।

    बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।

     २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती हुनुहुन्छ ।

    नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा जानुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार