• सोमबार, १५ भदौ २०८३
  • images

    मंसिरदेखि स्वास्थ्य मन्त्रालय सिंहदरबारमा सर्ने पक्का

    मंसिरदेखि स्वास्थ्य मन्त्रालय सिंहदरबारमा सर्ने पक्का

    डब्लुएचओको आर्थिक तथा प्राविधिक सहयोग

    बुधबार, कात्तिक १२ २०८२
    बुधबार, कात्तिक १२ २०८२
    मंसिरदेखि स्वास्थ्य मन्त्रालय सिंहदरबारमा सर्ने पक्का

    काठमाडौँ, १२ कात्तिक । मंसिर महिनादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार भित्र सर्ने भएको छ । 

    सर्वोच्च अदालत पछाडीपट्टी रहेको नेपाली सेनाको नर्सिङ दल गणको नाममा भएको खाली जग्गामा फ्रिफ्याव भवन निर्माण भइरहेको छ । 

    singadurbar building.jfif
    मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाली सेनाको नर्सिङ दल गणको नाममा भएको खाली जग्गामा फ्रिफ्याव भवन निर्माण भइरहेको जानकारी दिनुभयो ।

     

    उहाँले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोमा छ वटा  फ्रिफ्याव भवन निर्माण भइरहेको जानकारी दिदै ढिलोमा मंसिर १ गतेदेखी सर्ने तयारी रहेको बताउनुभयो । 

    health ministry.jfif
    सेनाको सो गण प्रधानमन्त्री कार्यालय नजिक सरे पछि खाली रहेको त्यस क्षेत्रको जग्गा र भवनहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि छुट्याइएको हो ।

    केही कोठाहरु नर्सिङ दल गणको पुराना कोठाहरु पनि प्रयोग हुने उहाँको भनाई छ । 
    जेनजी आन्दोलनले विध्वंशात्मक रुप लिएको दिन २४ भदौमा रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुल भवन आगलागीमा परेपछि अहिले पछाडीपट्टी रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा शरण लिएर बसेको छ ।


    प्रवक्ता डा. बुढाथोकीले कात्तिक महिना भर रामशाहपथबाट मन्त्रालयको सेवा चले पनि मंसिर १  गतेदेखि सिंहदरबारबाट सेवा  दिने गरी तयारी भएको जानकारी दिनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार