• सोमबार, १५ भदौ २०८३
  • images

    नर्सलाई न्यूनतम पारिश्रमिक देउः नेपाल नर्सिङ संघ 

    नर्सलाई न्यूनतम पारिश्रमिक देउः नेपाल नर्सिङ संघ 

    शुक्रबार, असोज २४ २०८२
    शुक्रबार, असोज २४ २०८२
    नर्सलाई न्यूनतम पारिश्रमिक देउः नेपाल नर्सिङ संघ 

    काठमाडौँ, २४ असोज । नेपाल नर्सिङ संघले  नर्सलाई न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधा यथाशीघ्र उपलब्ध गराउन माग गरेको छ । 

    संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्र अनुसार नर्सलाई न्यूनतम पारिश्रमिक लगायतका सेवा सुविधा यथाशीघ्र उपलब्ध गराउन सम्पूर्ण सरोकारवाला निकायसँग माग गरेको हो ।  

    कलेज अफ मेडिकल साइन्स चितवन, मणिपाल शिक्षण अस्पताल पोखरा, लगायत अन्य विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरु न्यूनतम सेवा सुविधाका लागि आन्दोलनमा उत्रिएकोले सङ्घले यस्तो माग गरेको हो ।  

    संघकी अध्यक्ष प्रा चन्द्रकला शर्माले समयमा नै माग पूरा नभएमा नर्सको हकहितको लागि कडा कदम चाल्न संघ  बाध्य हुने चेतावनी दिनुभयो ।  

    मिति २०८१ मङ्सिर २७ गते मन्त्रालयले सबै निजी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, सामुदायिक अस्पताललाई नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीका पारिश्रमिक लगायतका सुविधाको व्यवस्था गर्न सरकारी सरह न्यूनतम पारिश्रमिक र सेवा सुविधा नघट्ने गरी लागु गर्न परिपत्र गरेको थियो । 

    मन्त्रालयले पटक पटक परिपत्र गरे पनि हालसम्म निजी स्वास्थ्य संस्थाले उक्त निर्णय कार्यान्ययन नगरी न्यून पारिश्रमिकमा काम गराउँदै आइरहेका छन् ।

    May be an image of text

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार