काठमाडौँ, २७ भदौ । वीर अस्पतालमा कार्यरत नर्स रजला डंगोलको निधन भएको छ ।
वीर अस्पताल अप्रेसन थ्रेटरमा कार्यरत नर्स रजला डंगोल लामो समयदेखि पाठेघरको क्यान्सरको उपचार गराउदै आउनुभएको थियो । उहाँको उपचारको क्रममा शुक्रबार (आज) वीर अस्पतालमा निधन भएको हो ।
उहाँ ४८ बर्षको हुनुहुन्थ्यो । अल्पायुमै निधन भएकोमा हामी सम्पुर्ण कर्मचारीहरु दुखित भएका छौ र उहाँ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द्छौ, अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उहाँको आत्मा लाइ शान्ति मिलोस परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस हार्दिक श्रद्धाञ्जली सिस्टर अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
अस्पतालले आज (शुक्रबार) दिउँसोबाट शोक विदा समेत दिएको थियो ।
