• सोमबार, १५ भदौ २०८३
  • images

    शिला श्रेष्ठलाई ‘उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धक’ अवार्ड

    शिला श्रेष्ठलाई ‘उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धक’ अवार्ड

    मंगलबार, भदौ १७ २०८२
    मंगलबार, भदौ १७ २०८२
    शिला श्रेष्ठलाई ‘उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धक’ अवार्ड

    काठमाडौँ? १७ भदौ । स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा कार्यरत शिला श्रेष्ठले अवार्ड प्राप्त गर्नुभएको छ । 

     स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत ‘उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धक’ अवार्ड   विधामा श्रेष्ठलाई अवार्ड प्रदान गरिएको हो । 


    स्वास्थ्य शिक्षामा आवश्यक सन्दर्भ सामग्री, प्रस्तुति, सन्देश र सूचना निर्माणका लागि सबैले सम्झिने पात्र शिला श्रेष्ठ भएकोले उहाँलाई अवार्ड प्रदान गरिएको हो । 


    श्रेष्ठले२०७१ साल वैशाख १० गतेबाट नेपाल सरकारको सेवामा स्वास्थ्य शिक्षा अधिकृतको रूपमा प्रवेश गर्नुभएको थियो । 

    त्यसको दुई वर्षपछि, २०७३ सालमा स्वास्थ्य शिक्षा प्रशिक्षकमा नाम निकालेर उहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा पुग्नुभएको थियो । 

    स्वास्थ्य सम्बन्धी सामग्री विद्यालय तहका पाठ्यपुस्तकमा समावेश गर्न केन्द्रले निरन्तर प्रयास गर्दै आएको छ। शाखा प्रमुखको रूपमा शिला श्रेष्ठले यसमा विशेष जोड दिनुभएको छ । 

    नसर्ने रोग, धुम्रपान, सूर्तीजन्य पदार्थजस्ता विषयसहित मानसिक स्वास्थ्य, आत्महत्या जस्ता संवेदनशील विषय पनि पाठ्यक्रममा राख्न उनी निरन्तर सक्रिय हुनुहुन्छ ।

    यदि यी विषय समावेश भए, ८० हजारभन्दा बढी विद्यार्थीलाई सामग्री पुग्नेछ। विद्यार्थीमार्फत घर–घरमा पनि स्वास्थ्य सन्देश पुर्‍याउन सकिने अपेक्षा छ श्रेष्ठले भन्नुभयो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार