काठमाडौं, २२ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा मोहनचन्द्र रेग्मीलाई अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत गरिएको छ ।
विश्वका ५० देशका फिस्टुला सर्जनहरु सहभागी सम्मेलनमा दक्षिण एसियाका ३ जना र अफ्रिकाका ३ जनाले अवार्ड पाएका थिए। त्यसमध्ये नेपालबाट प्राडा रेग्मी र पाकिस्तानका २ जनाले उक्त अवार्ड पाएका छन् ।
नेपालबाट यो अवार्ड पाउने प्राडा रेग्मी पहिलो व्यक्ति हुनुहुन्छ । उहाँ फिस्टुला फ्रि नेपालका अध्यक्ष तथा राष्ट्रिय प्रशिक्षक पनि हुनुहुन्छ ।
मोजाम्बिकको राजधानी मोपुतोमा भएको फिस्टुला सर्जनहरुको अन्तर्राष्ट्रिय संगठनको आठौं सम्मेलनमा प्राडा रेग्मीलाई इन्टरनेशनल सोसाईटी अफ अब्स्ट्रेटिक फिस्टुला सर्जन (आईसोफ्स) अवार्ड प्रदान गरिएको हो।
विगत १५ वर्षदेखि हालसम्म ८ सय फिस्टुला बिरामीको अप्रेसन गरेकाउनलाई अब्ट्रेष्टिक फिस्टुलाको उपचारमाअसाधारण योगदान पु¥याएको भन्दै अवार्ड प्रदान गरिएको हो।
डा.रेग्मीको पहलमा बीपी प्रतिष्ठानमा फिस्टुलाको राष्ट्रिय केन्द्र स्थापना भएको छ। बीपीसहित नेपालका ३ ठाउँमा अब्स्ट्रेटिक फिस्टुलाको जटिल अप्रेसन हुने गरेको छ। फिस्टुलाका बिरामीको निशुल्क उपचारसँग कुरुवाका लागि समेत खाने वस्ने व्यवस्था मिलाईएको छ।
प्राडा रेग्मीले यो अवार्ड आफूले मात्रनभई नेपालले फिस्टुलाका लागि गरेको कामको सम्मान भएको बताउनुभयो।