• बिहीबार , ५ कात्तिक २०८३
  • images

    नेपाल चिकित्सक संघ धरान शाखाको अध्यक्षमा डा. अरुण कुमार सिंह चयन

    नेपाल चिकित्सक संघ धरान शाखाको अध्यक्षमा डा. अरुण कुमार सिंह चयन

    शुक्रबार, भदौ ६ २०८२
    शुक्रबार, भदौ ६ २०८२
    नेपाल  चिकित्सक संघ धरान शाखाको अध्यक्षमा डा. अरुण कुमार सिंह चयन

    धरान, ६ भदौ । नेपाल चिकित्सक संघ, धरान शाखाको अध्यक्षमा डा. अरुण कुमार सिंह चयन हुनुभएको छ ।

     नयाँ कार्यसमितिको लागि भएको संघको निर्वाचनको नतिजा अनुसार अध्यक्षमा डा. सिंह निर्विरोध निर्वाचित हुनुभएको हो ।

    images

    त्यस्तै वरिष्ठ उपाध्यक्षमा डा. धन केसर खड्का, सचिवमा डा. दिपेन्द्र मिश्रा र सदस्यमा डा. अञ्जनी कुमार यादव र डा. दीपक पौडेल निर्विरोध चयन हुनुभएको छ ।

    निर्वाचन समितिका संयोजक प्रा. डा. बालकृष्ण भट्टराईद्वारा जारी सूचनामा तोकिएको समयसीमा भित्र उम्मेदवारीमा कुनै विरोध वा फिर्ता नआएको हुँदा उम्मेदवारहरूलाई निर्विरोध घोषणा गरिएको उल्लेख छ।

    समितिले यसअघि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका डा. खेद राज मिश्रको उम्मेदवारी नेपाल चिकित्सक संघ निर्वाचन नियमावली २०७० अनुसार बदर भएको जानकारी समेत दिएको छ।

    1755859175729.jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार