• बिहीबार , ५ कात्तिक २०८३
  • images

    प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकी प्रदेशको अध्यक्षमा श्रेष्ठ चयन

    प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकी प्रदेशको अध्यक्षमा श्रेष्ठ चयन

    हेल्दीखबर
    मंगलबार, भदौ १४ २०७९
    हेल्दीखबर
    मंगलबार, भदौ १४ २०७९
    प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकी प्रदेशको अध्यक्षमा श्रेष्ठ चयन

    काठमाडौं । प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा डा सूर्यज्योति श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। उपाध्यक्ष डा ईश्वर कँडेल, महासचिव डा प्रेम पंगेनी र सचिव आनन्द भट्टराई चयन भएका छन्। डा दीपेश कार्की संघको कोषाध्यक्ष बनेका छन्।

    सदस्यमा डाक्टरहरु शिवशंकर शाह, रञ्जन पोखरेल, शेखर कायस्थ, रमेश आचार्य, गरिमा बराल, कृष्णा सापकोटा, शिव रेग्मी, ध्रुव पौडेल र हिमलाल भण्डारी छन् । डाक्टरहरु निकुञ्ज योगी, नीरज थापा, पूजन शर्मा, सुमन बराल र विवेक पराजुली प्रदेश सदस्य चयन भएका छन्। 

    images

    अधिवेशनले गण्डकी प्रदेशका जिल्ला संयोजक पनि चयन गरेको छ। कास्की जिल्ला संयोजक डा रामजी बराल, स्याङ्जा संयोजक डा सुदीप रेग्मी, बागलुङ संयोजक डा शैलेन्द्र पोखरेल विक, मनाङ संयोजक डा मंगल हिराचन, तनहुँ संयोजक डा रामकुमार श्रेष्ठ तोकिएका छन्। गोर्खा जिल्ला संयोजक डा विनोद दवाडी, नवलपुर संयोजक डा गंगा सापकोटा, लमजुङ संयोजक डा तिलक घिमिरे र मुस्ताङ संयोजक डा अनु शेरचन चयन भएका छन्। म्याग्दी र पर्वत संयोजक भने तोक्न बाँकी छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार