• सोमबार, १५ भदौ २०८३
  • images

    शिक्षण अस्पतालमा विभिन्न समूहका ८ जना विशेषज्ञ माग

    शिक्षण अस्पतालमा विभिन्न समूहका ८ जना विशेषज्ञ माग

    साउन २९ गते भित्र आवेदन दिइसक्नुपर्ने

    शुक्रबार, साउन २३ २०८२
    शुक्रबार, साउन २३ २०८२
    शिक्षण अस्पतालमा विभिन्न समूहका ८ जना विशेषज्ञ माग

    काठमाडौँ, २३ साउन । महाराजगन्जस्थित शिक्षण अस्पतालले विभिन्न समूहका ८ जना विशेषज्ञ माग गरेको छ ।

    अस्पतालले करार सेवाका लागि ८ जना क्लिनिकल रजिस्ट्रार पदमा दरखास्त आह्वान गरेको हो। 

    अस्पतालले विभिन्न ४ विभागका लागि पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो।

    अस्पतालले स्क्रिनिङ ओपीडी, युरोलोजी, इमर्जेन्सी र अन्कोलोजी विभागका लागि चिकित्सक माग गरेको हो। 

    इच्छुक र योग्य नेपाली नागरिकले २०८२ साल साउन २९ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

    सूचना अनुसार २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन पाउनेछन्। अस्पतालका अनुसार परीक्षाको किसिम लिखित हुनेछ। परीक्षाको मिति भने सम्पर्क मिति २०८२ भदौ २ गते तोकिनेछ।

    थप जानकारीका लागि अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
    हेरौं सूचना: 

    tu notice .jpg
    undefined

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार