काठमाडौँ, १९ साउन । नेपाल औषधी उत्पादक संघ (एपोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
एपोनको ३१ औ बार्षिक साधारण सभाले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा २ जनाको मनोनयन परेको थियो ।
अध्यक्षका अर्का प्रत्यासी दिपक प्रसाद दाहालले अध्यक्षमा अधिकारीलाई सहमतिमा अध्यक्ष पद छोडेपछि अधिकारी सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
साथीहरूको सल्लाहमा मैले अध्यक्ष विप्लवजि लाई छोडे, अध्यक्ष प्रत्यासी दाहालले हेल्दी खबरसंग कुरा गर्दै भन्नुभयो,"मैले सर्वसम्मत उहाँलाई अध्यक्षमा सहमति गरेको हु ।"
निर्वाचन समितिका अनुसार यसपटक मताधिकार सहितको सदस्य संख्या ६४ रहेको छ ।
सदस्यहरुमा प्रभात रुङ्गटा, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र प्रवन दाहाल, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक गणेश र नवराज पौडेलको उम्मेद्धारी परेको छ ।
एपोनको विधानमा अध्यक्ष, निवर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पद गरी ७ वटा पद पदाधिकारी रहेको छ । यस्तै छ वटा पद सदस्यको रहेको छ ।
एपोनले यसैपटक विधान संसोधन मार्फत सचिव र एक सदस्य पद थप गरी १३ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको हो ।
अध्यक्ष निर्वाचित व्यक्तिले निर्वाचित सदस्यमध्येबाट बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष महासचिव, सचिव र कोषाध्यक्षको छनौट गर्ने र बाकी छ जना सदस्य हुने व्यवस्था छ ।