काठमाडौं, १६ साउन । सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा नक्कली औषधिको प्रचार गरि ठगी गर्ने कार्य बढेको छ ।
चिकित्सकीय प्रमाणबिनै प्रचार गरिएका केही औषधिजन्य वस्तुले स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने चेतावनी औषधि व्यवस्था विभागले दिएको छ ।
औषधि व्यवस्था विभागले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा चिकित्सकीय प्रमाणबिनै प्रचार गरिएका केही औषधिजन्य वस्तुहरू तुरुन्त बिक्री वितरण रोक्न निर्देशन दिएको छ ।
बिहिबार विभागले औषधिको नाम र तस्बिरसहितको सुचना जारी गदैं ती उत्पादनहरू जनस्वास्थ्यका लागि जोखिमपूर्ण रहेको बताएको छ ।
विभागका महानिर्देशक नारायण प्रसाद ढकालले फेसबुक, टिकटक, युट्युब लगायत माध्यममा थाइराइड , प्रोस्टेट, सुगर, युरिक एसिड निर्को पार्ने, मोटोपन घटाउने, यौनशक्ति बढाउने, जाँड रक्सी छुटाउने र क्यान्सर जस्ता प्राण घातक रोग निको बनाउने भन्दै नक्कली औषधि विक्रि वितरण भईरहेको जानकारी दिनुभयो ।
विभागले सूचना जारी गर्दै त्यस्ता औसधि प्रयोग नगर्न भनेको छ ।
विभागका महानिर्देशक नारायण ढकालले जारी गरिएको सूचनामा भनिएको छ, ‘विज्ञापनमार्फत भ्रम फैलाउने, रोगको उपचारका रुपमा औषधिको ग्यारेन्टी दिने, बिना प्रमाण यौनशक्ति वृद्धिका दाबी गर्ने औषधि सेवनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा तत्काल हटाउन जरुरी छ ।’
विभागले औषधि सेवन गर्नुअघि चिकित्सकको प्रेस्क्रिप्सन आवश्यक हुने उल्लेख गर्दै ती औषधिहरूमा वैज्ञानिक आधार र गुणस्तर परीक्षण नभएको जनाइएको छ । विभागका अनुसार यस्ता औषधिहरू सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सूचनामा उल्लेख छ ।
हेरौं सूचना :
