• सोमबार, १५ भदौ २०८३
  • images

    नदीमा डुबेर दुई युवकको मृत्यु

    नदीमा डुबेर दुई युवकको मृत्यु

    सोमबार, असार ३० २०८२
    सोमबार, असार ३० २०८२
    नदीमा डुबेर दुई युवकको मृत्यु

    दाङ, ३० असार  । बबई नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । 

    बबई नदीमा पौडी खेल्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको हो । 

    इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी नायब निरीक्षक ईश्वरी भण्डारीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७का १७ वर्षीय विधान केसी र तुलसीपुरकै १८ वर्षका कुशल बुढा मगरको मृत्यु भएको हो ।

     शवको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोस्टमार्टमका लागि ल्याइएको छ ।

    सोमबार दिउँसो दुई बजेतिर पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार