• सोमबार, १५ भदौ २०८३
  • images

    प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

    प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

    हेल्दीखबर
    सोमबार, असार ३० २०८२
    हेल्दीखबर
    सोमबार, असार ३० २०८२
    प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

    काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवनको  उद्घाटन गर्नुभएको छ ।
    भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गर्नुभएको हो ।
    कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभरुपमा सेवा दिनुपर्ने बताउनुभयो ।
    उहाँले दु:ख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका संचालक मीनबहादुर गुरुङ  र साबित्री गुरुङको प्रशंशा गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार