धनगढी, २९ असर । कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर २८ वर्षीया कमला आउजीको मृत्यु भएको छ ।
कृष्णपुुर नगरपालिका १ को निगालीमा छाउ गोठमा सुतेका बेला उहाँलाई सर्पले डसेको हो ।
सर्पले डसेपछी स्वास्थ्य अवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले कमलाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।
सुतिरहेकी कमलालाई सर्पले बाँया गालामा डसेको थियो। शनिबार साँझ ८ बजे कमलाको मृत्यु भएको हो ।
कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले कमलालाई छाउ गोठमा सुतेका बेला सर्पले डसेको पाइएको जानकारी दिनुभयो ।