• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य बीमाको लागि देशभरका ३८४ वटा स्वास्थ्य संस्था प्रथम सेवा विन्दु

    स्वास्थ्य बीमाको लागि देशभरका ३८४ वटा स्वास्थ्य संस्था प्रथम सेवा विन्दु

    आइतबार, असार २९ २०८२
    आइतबार, असार २९ २०८२
    स्वास्थ्य बीमाको लागि देशभरका ३८४ वटा स्वास्थ्य संस्था प्रथम सेवा विन्दु

    काठमाडौँ, २९ असार  । स्वास्थ्य बीमा बोर्डले देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ । 
    बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले साउन १ गतेदेखि लागु हुनेगरी देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको जानकारी दिनुभयो । 

    उहाँले आर्थिक वर्ष २०८२।८३ को सुरुवात सँगै साउन १ गतेदेखि लागु हुनेगरी स्वास्थ्य बीमा  बोर्डबाट प्रथम सेवा विन्दुको रुपमा काम गर्ने अनुमति प्राप्त गरेका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेगरी व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

    मल्लकाअनुसार यो निर्णयसँगै बीमितले आफु नजिकको प्रथम सेवा विन्दुमा गई उपचारको सुरुवाती सुविधा लिन सक्ने भएका छन् । 

    यसअघि बीमितले प्रथम सेवा विन्दुको रुपमा छानेको स्वास्थ्य संस्थाबाट सेवा लिएर मात्रै थप उपचारका लागि अन्य अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नु पर्ने बाध्य थिए । स्वास्थ्य बीमा बोर्डले तोकेका प्रथम सेवा विन्दुलाई कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आवश्यक विवरण पठाउन आग्रह गरेको छ । 

    स्थानीय तहबाट प्राप्त हुने प्रथम सेवा विन्दुको माग र प्रस्तावित प्रथम सेवा विन्दुको न्यूतम अपुग मापदण्ड एक महिना भित्रमा पुरा गर्ने पतिवद्धताका आधारमा बोर्डले नयाँ प्रथम सेवा विन्दु थप गर्ने जनाएको छ ।

    बोर्डले कोशी प्रदेशमा भोजपुर, धनकुटा, इलाम, झापा, खोटाङ, मोरङ, ओखरलढुंगा, पाँचथर, सङखुवासभा, सोलुखुम्बु, सुनसरी, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, बारा, धनुषा, महोत्तरी गरी १७ वटा जिल्लाबाट १०८ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ । 
    हेरौँ प्रथम सेवा विन्दु तोकेका स्वास्थ्य संस्थाहरुः

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार