• सोमबार, १५ भदौ २०८३
  • images

    राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआइ सेवा सञ्चालन गर्न सांसद रिजालद्धारा सरकारको ध्यानाकर्षण

    राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआइ सेवा सञ्चालन गर्न सांसद रिजालद्धारा सरकारको ध्यानाकर्षण

    बुधबार, असार १८ २०८२
    बुधबार, असार १८ २०८२
    राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआइ सेवा सञ्चालन गर्न सांसद रिजालद्धारा सरकारको ध्यानाकर्षण

    काठमाडौँ, १८ असार । नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 
    उहाँले ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

    राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार तथा एमआरआई सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 


    बैठकमा रिजालले अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसियु सेवा उपलब्ध हुनुपर्नेमा ट्रमा सेन्टरमा उक्त मापदण्डको पालना नगरिएको बताउनुभयो । 
    ट्रमा अस्पतालको प्रोटोकल अनुसार अस्पतालको बेड क्षमताको ३० प्रतिशत आईसियु सेवा उपलब्ध हुनुपर्छ भन्ने छ । नेपाल सरकारको एकमात्र विशिष्टकृत ट्रमा सेन्टरमा दुई सय बेडको क्षमता भएपनि जम्मा १० बेडमात्र आईसियु सेवा रहेको छ । यो अस्पतालमा अति आवश्यक पर्ने एमआरआई सेवासमेत नरहेको अवस्था छ ।’

    रिजालले ट्रमाका  बिरामीहरुले आईसियुको अभावमा अन्यत्र जानुपर्ने तथा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार