काठमाडौ । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक, नर्स, प्यारामेडिक्स, प्रयोगशालाकर्मी गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केहीदिन अघिसम्म १० जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो,ट्रमा सेन्टरका निर्देशक डा.प्रमोद जोशीले भन्नुभयो,“आजसम्म आइपुग्दा ५२ जनामा संक्रमण देखिएको छ ।”
उहाँले अनुसार ट्रमाको आइसीयू युनिटका ७ जना, ल्याबका ७ जना, फिजियोका ६ जना, वार्डहरुमा कार्यरत १० जना लगायत प्रशासन र अन्य विभागका गरी हालसम्म संक्रमितको संख्या ५२ पुगेको छ ।