• सोमबार, १५ भदौ २०८३
  • images

    पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश   

    पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश   

    आइतबार, असार १५ २०८२
    आइतबार, असार १५ २०८२
    पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश    

    काठमाडौं, १५ असार । विशेष अदालतले  पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको  छ ।

    विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर काेइरालाकाे इजलासले उक्त आदेश दिएको हो ।

    टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे थियाे । त्यसकाे थुनछेक बहसपछिकाे आदेशमा धराैटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेकाे हाे ।

    दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार