• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    रिक्त रहेको चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन 

    रिक्त रहेको चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन 

    बुधबार, जेठ १४ २०८२
    बुधबार, जेठ १४ २०८२
    रिक्त रहेको चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति सिफारिसका लागि सर्च कमिटी गठन 

    काठमाडौं,१४ जेठ । सरकारले रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सर्च कमिटी गठन गरेको छ ।
    उक्त कमिटीले  रिक्त रहेका उपकुलपति नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ।

    समितिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
     डेढ महिनादेखि रिक्त रहेका प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ।

    images

    सिफारिस समितिमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा आरपी बिच्छा र स्वास्थ्य सचिव डा विकास देवकोटा सदस्य हुनुहुन्छ ।

    समितिले चार वटै प्रतिष्ठानमा उपकुलपति सिफारिसका लागि मापदण्ड बनाउने काम अगाडि बढाएको छ। 
    कमिटीका सदस्य तथा स्वास्थ्य सचिव डा. विकास देवकोटाले उपकुलपति सिफारिसका लागि मापदण्ड बनाउने काम गरिरहेको जानकारी दिदै मापदण्ड बनाइसकेपछि  समितिले सार्वजनिक सूचना जारी गर्दै उपकुलपतिका लागि आवेदन माग गर्ने बताउनुभयो ।


    प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलाइ हुँदा निमित्त प्रमुखहरूले जिम्मेवारी सम्हालिरहेका छन्। 
    बीपी प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गत चैत २७ गतेदेखि रिक्त भएका हुन्। पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति चैत २२ गतेबाट रिक्त छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार