• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य बीमाको नविकरण गर्न एजेन्ट नचाहिने, अनलाईनबाटै नवीकरण हुने 

    स्वास्थ्य बीमाको नविकरण गर्न एजेन्ट नचाहिने, अनलाईनबाटै नवीकरण हुने 

    शुक्रबार, वैशाख २६ २०८२
    शुक्रबार, वैशाख २६ २०८२
    स्वास्थ्य बीमाको नविकरण गर्न एजेन्ट नचाहिने, अनलाईनबाटै नवीकरण हुने 

    काठमाडौं,२६ वैशाख । अबदेखि स्वास्थ्य बीमाको नवीकरण गर्न एजेन्ट नचाहिने भएको छ । 
    स्वास्थ्य बीमा बोर्डका अनुसार अब अनलाइनबाटै स्वास्थ्य बीमा नविकरण गर्न सकिन्छ । 
    नवीकरणका लागि आइपीएस, ई सेवा र खल्ति जस्ता पेमेन्ट वालेट सेवाप्रदायक एप मार्फत समेत गर्न सकिने भएको हो । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले अब अनलाईनबाट स्वास्थ्य बीमा नविकरण गर्न सकिने जानकारी गराउनुभयो । उहाँले नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको जानकारी दिनुभयो । 
    अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ।

    अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि अभ्यासमा आएको थिएन ।
    स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले नागरिकले तत्काल अनलाइन सेवाबाट नवीकरण गर्न सक्ने जानकारी दिनुभयो । उहाँले हाल एजेन्टमार्फत मात्र बीमा नवीकरण गरिने व्यवस्था गरिएकोमा अब अनलाईनबाट नविकरण गर्न सकिने बताउनुभयो । एजेन्टले नविकरण गर्दा चाहेको समयमा तत्काल नवीकरण गर्न चाहनेलाई समस्या रहेको छ । यही समस्या हटेर नवीकरण दर वृद्धि हुने अपेक्षा बोर्डले गरेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार