काठमाडौँ, ५ फागुन । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ११ जनाको दरखास्त स्वीकृत भएको छ । स्वास्थ्य बीमा बोर्डको कार्डकारी निर्देशक पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त हाल्ने अन्तिम दिन आइतबार ११ जनाको दरखास्त स्वीकृत भएको सूचना प्रकाशित गरेको छ ।
यसअघि माघ २४ गते स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान भएको थियो ।
स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी ऐनको दफा २२ बमोजिम नियुक्ति गर्नुपर्ने भएकोले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१ को दफा ५ को उपदफा (१) बमोजिम दरखास्त आव्हान भएको थियो।
योग्यता पुगेका उम्मेदवारले तपसिल बमोजिमको आवश्यक विवरण संलग्न गरी दश दिन भित्र यस मन्त्रालयमा दरखास्त दिन सक्ने सूचना प्रकाशित गरेको थियो ।
निवेदन दिने ब्यक्तिहरु: