• बुधबार, ४ कात्तिक २०८३
  • images

    जनकपुरका २१ निजी अस्पताल अनधिकृत सञ्चालनमा

    जनकपुरका २१ निजी अस्पताल अनधिकृत सञ्चालनमा

    शुक्रबार, फागुन २ २०८१
    शुक्रबार, फागुन २ २०८१
    जनकपुरका २१ निजी अस्पताल अनधिकृत सञ्चालनमा

    जनकपुर,  २ फागुन । मधेस प्रदेशमा २१ वटा निजी अस्पताल अनधिकृत रूपमा सञ्चालनमा छन्  । 
    मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सहितको टोलीले अनुगमन गर्दा जनकपुरधामका २१ वटा निजी अस्पताल अनुमति प्राप्त नगरी अनधिकृत रुपमा संचालनमा रहेका छन् ।
    ती मध्ये केहि अस्पतालले नवीकरण गराएका छैनन् ।

    अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अस्पताल बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएपनी अस्पताल संचालकहरुले अटेरि गरिरहेका छन् ।
     मुख्यमन्त्रीबाट अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन भएको छ ।
     अनुगमनमा मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य अधिकारी रहेका थिए । 

    images

    तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले बन्द गरेका छन् भने केही अस्पतालले निर्देशन अटेर गरी सञ्चालन गरिरहेका छन् । निर्देशन अटेर गर्ने एक अस्पताल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले एक अस्पताल संचालकलाई  पक्राउ गरिएको बताउनुभयो । 
     मापदण्ड पूरा गरेका अस्पतालको सेवा सञ्चालन स्वीकृति सङ्घ, प्रदेश र स्थानीय सरकारले दिने कानुनी प्रावधान छ । 

    प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पताललाई बन्द गराइ रु एक लाख जरिवाना गर्ने व्यवस्था छ ।

    कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराइ सञ्चालनमा रहेका अधिकांश अस्पतालसँग अस्पताल सञ्चालन अनुमति छैन । अनुमति प्राप्त केही अस्पतालले नवीकरण गरेका छैनन् । 

    अनधिकृत सञ्चालित अस्पताल सञ्चालकले सरकारको अनुगमन विरुद्ध आन्दोलित हुन दुई दिनअघि प्राइभेट अस्पताल एशोसिएशन गठन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार