• सोमबार, १५ भदौ २०८३
  • images

    औषधि कम्पनी ओम मेगाश्रीको आईपीओ आजबाट खुल्यो

    औषधि कम्पनी ओम मेगाश्रीको आईपीओ आजबाट खुल्यो

    सोमबार, माघ २१ २०८१
    सोमबार, माघ २१ २०८१
    औषधि कम्पनी ओम मेगाश्रीको आईपीओ आजबाट खुल्यो


    काठमाडौं,२१ माघ । नेपाली औषधि कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सको आईपीओ आजदेखि खुलेको छ। 
     ओम मोगाश्री फर्मास्युटिकल्सले पहिलो चरणमा आज सोमबारदेखि वैदेशिक रोजगारमा रहेका व्यक्तिको लागि आईपीओ निष्कासन गरेको हो । 
    ओम मोगाश्रीको आईपीओ वैदेशिक रोजगारमा रहेकाले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । 

    सेयर निष्कासन हुने बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो। सर्वसाधारका लागि कम्पनीको १८ लाख कित्ता सेयर जारी हुनेछ। वैदेशिक रोजगारमा रहेकाहरूका लागि १ लाख ८० हजार कित्ता सेयर निष्कासन हुने छ। 
    पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ छ। चालु आर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ९८ पैसा छ। त्यस्तै प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ। यस आर्थिक वर्ष पनि सञ्चित नोक्सानी कायमै रहने कम्पनीको प्रक्षेपण छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार