• सोमबार, १५ भदौ २०८३
  • images

    गेटामा आगामी असारदेखि ‘एमबिबीएस पढाइ हुने स्वास्थ्यमन्त्रीको भनाई 

    गेटामा आगामी असारदेखि ‘एमबिबीएस पढाइ हुने स्वास्थ्यमन्त्रीको भनाई 

     दशरथचन्द मेडिकल विश्वविद्यालय सञ्चालनको तयारीमा सरकार

    मंगलबार, पुस २३ २०८१
    मंगलबार, पुस २३ २०८१
    गेटामा आगामी असारदेखि ‘एमबिबीएस पढाइ हुने स्वास्थ्यमन्त्रीको भनाई 

    कैलाली, २३ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा प्रस्तावित शहीद दशरथचन्द विश्वविद्यालय सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिएका छन्।

    मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले नेपालका अन्य छ प्रदेशमा चिकित्साशास्त्रमा अध्यापन सुरु भइसकेको भन्दै अब सुदूरपश्चिम प्रदेशमा पनि चिकित्साशास्त्रमा अध्यापन सञ्चालन गर्नेगरी गृहकार्य भइरहेको जानकारी दिए।

    उनले विश्वविद्यालय बनाउनुअघि गेटामा तीनसय शैय्याको अस्पताल सञ्चालन गर्ने र आगामी असारदेखि ‘एमबिबीएसको पढाइ थाल्नेगरी तयारी भइरहेको बताए ।  शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय बनाउनेसम्बन्धी विधेयक संसदीय समितिमा छलफलमा रहेकाले संसद्को आगामी अधिवेशनमा त्यसलाई प्रवेश गराइने मन्त्री पौडेलले बताए।

    उनले विश्वविद्यालय सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै अस्पताल सञ्चालन र अध्यापन पनि सुरु गर्नुपर्ने भएकाले त्यसका लागि नीति निर्माण गर्नुपर्ने बताए। उनले भने,ंगेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सबै दल सहमत छन्, सरकार काठमाडौं बाहिर पनि छ भन्ने पुष्टि गर्न पनि शहीद दशरथ चन्द विश्वविद्यालय स्थापना हुन आवश्यक छ।’

    विश्वविद्यालय सञ्चालनपछि मात्रै अस्पताल चल्छ र एमबिबीएसको पढाइ हुन्छ भन्ने कुरा नभएको बताउँदै उनले भने, ‘अहिले नै अस्पताल चलाउन सकिन्छ, यसका लागि छात्रवृत्तितर्फका १२ जना चिकित्सक र १८ जना नर्सलाई गेटामा पठाएर तत्काल अहोरात्र आकस्मिक सेवा र सघन उपचार सेवा सञ्चालन गर्न लागेका छौँ।’

    गेटामा मेडिकल विश्वविद्यालय स्थापनामा सुदूरपश्चिम प्रदेशवासीले बढी चासो राख्दै आएका छन्। विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन गठन भएको संघर्ष समितिले पटकपटक दबाबमूलक कार्यक्रम गर्दै आएको छ।

    गोदावरी नगरपालिकाको गेटामा मेडिकल कलेज सञ्चालन गर्न रु सात अर्बको लागतमा एक वर्षअघि नै सुविधासम्पन्न भवन एवं संरचना निर्माण भएका छन्। संघर्ष समिति र स्थानीयवासीको निरन्तरको दबाबपछि ती संरचनामा ५० शैय्याको अस्पताल सञ्चालनमा ल्याइए पनि अस्पतालको सघन उपचार कक्ष , जनरल बेड र आकस्मिक कक्षबाट अपेक्षाकृत सेवा प्रवाह हुन सकेको छैन।
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार