• शुक्रबार, ६ कात्तिक २०८३
  • images

     गेटा मेडिकल कलेजलाई सम्बोधन नगरेको भन्दै एमालेको आपत्ति

     गेटा मेडिकल कलेजलाई सम्बोधन नगरेको भन्दै एमालेको आपत्ति

    हेल्दीखबर
    आइतबार, असार २६ २०७९
    हेल्दीखबर
    आइतबार, असार २६ २०७९
     गेटा मेडिकल कलेजलाई सम्बोधन नगरेको भन्दै एमालेको आपत्ति

    काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले नीति तथा कार्यक्रम र बजेटमा समेत गेटा मेडिकल कलेजका बारेमा कुनै कार्यक्रम समावेश नभएको भन्दै आपत्ति जनाएको छ। 
    प्रदेश सचिव धर्मराज पाठकले एक विज्ञप्ति जारी गर्दै सरकारले गेटा मेडिकल कजेलका बारेमा कुनै सम्बोधन नगरेको बताएका छन्।

    ‘हालै नेपाल सरकारले ल्याएको आव २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा गेटामा मेडिकल कलेजका बारेमा आवश्यक सम्बोधन नभएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानकर्षण भएको छ,’ उनले भनेका छन्, ‘अविलम्ब उक्त विषयलाई सम्बोधन गर्न तथा आवश्यक जनशक्ति र बजेटको व्यवस्था गर्न हाम्रो पार्टी नेपाल सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ।’

    images

    सुदूरपश्चिम प्रदेश स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास तथा स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्ति विकासका सन्दर्भमा देशका अन्य प्रदेशभन्दा सधै पछाडी परेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ। 

    ‘अन्य प्रदेशमा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु स्थापना भई सेवा प्रदान गरिरहँदा सुदूरपश्चिम प्रदेशमा हालसम्म पनि कुनै महत्त्वपूर्ण स्वाथ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने निकाय र गुणस्तरिय स्वास्थ सेवा प्रदायक संस्था नहुनु खेदजनक भएको कुरा हाम्रो पार्टीको ठहर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार