• सोमबार, १५ भदौ २०८३
  • images

    दक्षिण कोरियामा विमान दुर्घटनाः १२४ जनाको शव फेला

    दक्षिण कोरियामा विमान दुर्घटनाः १२४ जनाको शव फेला

    आइतबार, पुस १४ २०८१
    आइतबार, पुस १४ २०८१
    दक्षिण कोरियामा विमान दुर्घटनाः १२४ जनाको शव फेला

    सिओल, १४ पुस । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा हालसम्म १२४ जनाको शव फेला परेको छ । 
    नेशनल फायर एजेन्सीका अनुसार मृत्यु हुनेमा ५४ जना पुरुष र ५७ जना महिला रहेका छन् । १३ जनाको शवको पहिचान खुल्न सकेको छैन । विमानबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ । दुवै विमानको चालक दलका सदस्य रहेका छन् ।
    आइतबार बिहान थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको बोइङ ७३७–८०० विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो । 


    उद्धार कार्यमा १ हजार ५६२ जना खटिएका छन् । जसमा वारुण यन्त्रका ४९० जना तथा ४५५ जना प्रहरी अधिकारी रहेका छन् ।

    सामाजिक सञ्जालमा साझा गरिएका भिडियोमा विमान रनवेमा चिप्लिँदै भित्तामा ठोक्किन पुगेको थियो ।

    विमान ठोक्किएसँगै त्यो आगोको चपेटामा आएको थियो । विमान दुर्घटनाको यकिन कारण पत्ता नलागे पनि चरासँग ठोक्किएर र खराब मौसमका कारण घटना भएको हुनसक्ने बताइएको छ । 

    जेजु एयर कोरियाको बजेट एयरलाइन्स हो । यो सन् २००५ मा स्थापना भएको थियो ।

    कोरियामा पछिल्लो पटक सन् २००२ मा ठुलो विमान दुर्घटना भएको थियो । त्यति बेला एयर चाइनाको विमान दुर्घटना हुँदा १ सय २९ जनाको मृत्यु भएको थियो । कोरियन विमान चाहिँ सन् २०१३ मा दुर्घटनामा परेको थियो । एसियाना एयरलाइन्सको विमान सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार