• सोमबार, १५ भदौ २०८३
  • images

    नक्कली डाक्टर बनेर लुटपाट गर्ने मण्डल पक्राउ

    नक्कली डाक्टर बनेर लुटपाट गर्ने मण्डल पक्राउ

    सुगर निको बनाउने भन्दै घर गएर बेहोस बनाइ  लुटपाट

    शुक्रबार, पुस १२ २०८१
    शुक्रबार, पुस १२ २०८१
    नक्कली डाक्टर बनेर लुटपाट गर्ने मण्डल पक्राउ

    काठमाडौं १२ पुस । नक्कली  डाक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

    सामाजिक सञ्जालमार्फत आफूलाई 'डाक्टर हुँ' भन्दै लुटपाट गरेको आरोपमा प्रहरीले महोत्तरी 
     जलेश्वर नगरपालिका-२ हरिटोल घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३० वर्षीय आलोक भनिने जितेन्द्र मण्डल पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार मण्डलले आफुलाइ डाक्टर दाबी गर्दै सुगर रोग निको पार्ने भन्दै मानिसहरुलाई बेहोस बनाउने औषधि सेवन गराई लुट्ने गर्दथे । उनले सुनचाँदीका गहना लुटपाट गर्ने गरेको पाइएको छ ।
     प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले मण्डलले सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट एवम् चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू (सिक्री, औंठी, झुम्का,टप, मंगलसूत्र) र नगद तीन लाख समेत चोरी गरेको बताए ।
    मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो। प्रहरीले मण्डलको साथबाट नगद ५९ हजार तीन सय ६० रूपियाँ र विभिन्न ब्रान्डका तीन थान मोबाइल बरामद गरेको छ ।

    मण्डललाई चोरीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार