• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित  

    नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित  

    नेपाल नर्सिङ संघको ऐक्यवद्धता

    बिहीबार , पुस ११ २०८१
    बिहीबार , पुस ११ २०८१
    नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित  

    काठमाडौँ, ११ पुस । नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन् । 

    नेपाल नर्सिङ संघले नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ। 

    संघले बिहीबार विज्ञप्ति जारी गर्दै कर्मचारीको आदोलनप्रति ऐक्यवद्धता जनाएको हो।


    संघले अस्पतालमा कार्यरत कर्मचारी तलब-भत्ता तथा सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएको भन्ने खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    नर्सिङ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य क्षेत्र जस्तो जीवनसँग प्रत्यक्ष सरोकार राख्ने संस्थामा कार्यरत कर्मचारीहरुका जायज माग यथाशीघ्र सम्बोधन गर्न अस्पताल व्यवस्थापन तथा सम्पूर्ण सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ।’
    लर्ड बुद्ध एकेडेमी लिमिटेड, नेपालगञ्ज मेडिकल कलेजमा  कार्यरत कर्मचारीहरु अस्पताल व्यवस्थापन पक्षसँग तलब,भत्ता सेवा,सुविधा तथा वृद्धि विकासको माग गर्दै केही दिनदेखि आन्दोलनरत छन्। 
    उनीहरुले विभिन्न मितिमा भएका वार्ता तथा संवादलाई अस्पताल व्यवस्थापन पक्षले कार्यान्वयन नगरेको बताएका छन्।

    1735207037229.jpg

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार