• सोमबार, १५ भदौ २०८३
  • images

    भक्तपुर क्यान्सर अस्पतालको विज्ञ सदस्यमा डा. प्रसिको नियुक्त

    भक्तपुर क्यान्सर अस्पतालको विज्ञ सदस्यमा डा. प्रसिको नियुक्त

    अस्पताल विकास समितिको अध्यक्षमा पुनः सिंह   

    सोमबार, पुस ८ २०८१
    सोमबार, पुस ८ २०८१
    भक्तपुर क्यान्सर अस्पतालको विज्ञ सदस्यमा डा. प्रसिको नियुक्त

    काठमाडौँ, ८ पुस । भक्तपुर क्यान्सर अस्पतालको विज्ञ सदस्यमा डा. गिसुप निख प्रसिको नियुक्त भएका छन् । 
    स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत ३ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै बरिष्ठ रेडियसन अंकोलोजिष्ट डा प्रसिकोलाई विज्ञसदस्यमा नियुक्त  गरेका हुन् । यसअघि विज्ञ सदस्यको रुपमा डा. गणेश दंगाल थिए ।

    विज्ञ सदस्यको पदावधि चार वर्षको रहेको छ ।

    यसैगरी मन्त्री पौडेलले सो अस्पतालको अध्यक्षको जिम्मेवारी अर्को व्यवस्था नहुँदासम्मका लागि मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहले नै सम्हाले गरी तोकेका छन् ।


    यसअघि अध्यक्ष रहेका डा. सिंहको चारवर्षे पदावधी सकिएपछि गत ३ पुसमै मन्त्रीस्तरीय निर्णय गर्दै उनको पदावधि थप गर्ने निर्णय गरेका हुन् ।

    ‘अध्यक्षमा डा सिंहलाई अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै जिम्मेवारी दिईएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार