• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालबाट राँगाको मासु चीन निर्यात हुने

    नेपालबाट राँगाको मासु चीन निर्यात हुने

    नेपाली किसानलाई स्वदेशमा नै रोजगारी सिर्जना हुने  दाबी

    हेल्दीखबर
    सोमबार, पुस १ २०८१
    हेल्दीखबर
    सोमबार, पुस १ २०८१
    नेपालबाट राँगाको मासु चीन निर्यात हुने

    काठमाडौं, १ पुस । नेपाल र चिनबीच राँगाको मासु निर्यात गर्ने सम्झौता भएको छ ।

    आज सरकार र चिनिया प्रतिनिधिबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ । 

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका नेपाल र चिनियाँ प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भयो । 


    सोही क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको बताएका छन् । 


    नेपाल र चीनबिच भएको सम्झौताले नेपाली किसानलाई रागाँ भैसीपालनका लागि थप प्रोत्साहित गर्ने भन्दै नेपालमा रागाँभैसी पालन समाजको अभिन्न अङ्गको रुपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित भएको बताए । 


    यस्तै, उनले नेपाल सरकार नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न लागिरहेको सन्दर्भमा पशुपन्छीपालन रोजगारी सिर्जनाको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा अगाडी आएको पनि बताए । 

    यसको साथै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि यो सम्झौताले नेपाललाई धेरै कुराहरुमा सहयोग पुग्ने भन्दै यसले दुई देशबीच अझ राम्रो सम्बन्ध स्थापित भएको बताए । उनले भने, ‘लामो समयदेखि चीन र नेपालबीच राम्रो सम्बन्ध रहेको छ ।

    आवश्यक परेको बेला एकअर्कालाई सहयोग गर्ने हाम्रो एतिहासिक परम्परा हो । आज जुन सम्झौता भयो, यसले हामीलाई धेरै कुराहरुमा सहयोग पु¥याउछ । एउटा विषयले धेरै कुरालाई छुने गर्छ त्यसैले यो सम्झौताले दुई देशबीच अझ राम्रो सम्बन्ध जोड्ने काम गर्छ

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार