• मंगलबार, ३ कात्तिक २०८३
  • images

    चितवन मेडिकल कलेजमा पुनः कलेजो प्रत्यारोपण

    चितवन मेडिकल कलेजमा पुनः कलेजो प्रत्यारोपण

    हेल्दीखबर
    बिहीबार , असार ३१ २०७८
    हेल्दीखबर
    बिहीबार , असार ३१ २०७८
    चितवन मेडिकल कलेजमा पुनः कलेजो प्रत्यारोपण

     चितवन, ३१ असार । चितवन मेडिकल कलेज (सीएमसी) मा सफल  कलेजोको  प्रत्यारोपण गरिएको  छ । यसअघि सीएमसीले  ८ चैतमा पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो ।

    सीएमसीका अनुसार कुशे गाँउपालिका ९ जाजरकोटका ४७ वर्षिय भरतबिक्रम शाहीमा १५ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको हो । शाहीलाई उनकी ४८ बर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो दान गर्नुभएको हो. ।प्रत्यारोपण गरिएका बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने गरी ‘व्लकेज’ थियो ।
    प्रत्यारोपणमा कलेजका विशेषज्ञ शल्यचिकित्सकहरु सर्जन डा सञ्जयकुमार यादव, डा एकानन्द सिंह, डा जयन्तकुमार साह, हेपाटोलोजी डा सागर पौडेल, डा बरुण श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल कियरमा डा किरण अधिकारी, डा नविन यादव, डा सुरेश गौतम डा विरेन्द्र राउत, रेडियोलोजोष्टि डा दिपक अधिकारी, डा सुवास ओझा सहभागि हुनुहुन्थ्यो  ।
    यस्तै स्टाफ नर्स कमला क्षेत्री, प्रियंका पौडेल, सलिना तिवारी, सुमि कार्की, बर्षा लोहनी, प्रतिमा रेग्मी, अस्मिता भण्डारी, सुदिपा देवकोटा, कृति चौधरी, अञ्जु थापा, श्रुति यादव, नितु बस्नेत, सुष्मा भुजेल। अनिता भण्डारी लगायतको टिम सहभागी थियो । प्रत्यरोपणमा भारतबाट आएको डा निरभ गोयलको टिम समेत सहभागिता थियो ।
    प्रत्यारोपणका लागि श्रीमती शाहीको ६० प्रतिशत कलेजो  श्रीमानमा ट्रान्सप्लान्ट गरिएको थियो । अंगदाता श्रीमती शाहीको स्वास्थ्यमा सुधार भएपछि  डिस्चार्ज गरिएको छ । प्रत्यारोपण गरिएका भरत विक्रम शाहीको स्वास्थ्य अवस्था पनि राम्रो हुँदै गईरहेको छ ।
    प्रत्यारोपण गरिएको कलेजो र प्रत्यारोपणका लागि काटिएको कलेजो आगामी दुई तीन महिना भित्र बृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाउने छ।

    images

    विगत आठ नौ बर्ष देखि कलेजोका बिरामी शाहीले यसअघि काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका थिए । उनी दुई साता अघि मात्रै उपचारका लागि चितवन आएको सीएमसीले जनाएको छ ।
    सिरोसिस अफ लिभरको ए बी सी स्टेजमध्ये शाही सी चरणमा पुगेका थिए । गत फागुनमा सी चरणमा पुगेका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किल पर्ने सीएमसीले बताएको छ । उहाँको  पेटमा पानी भरिएको र ठूलो थियो । अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै हेपाटाइटिस बी पनि  थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार