• सोमबार, १५ भदौ २०८३
  • images

    फार्मेसीमा बस्ने फर्मासिस्टले नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने 

    फार्मेसीमा बस्ने फर्मासिस्टले नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने 

    बुधबार, मंसिर ५ २०८१
    बुधबार, मंसिर ५ २०८१
    फार्मेसीमा बस्ने फर्मासिस्टले नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य लगाउनुपर्ने 

    काठमाडौं, ६ मंसिर । नेपाल फार्मेसी परिषद्ले फर्मासिस्ट र फार्मेसी सहाकयलाई नामप्लेट सहितको सेतो एप्रोन अनिवार्य गरेको छ।
     परिषद्ले  सूचना जारी पुस  ४ देखि उक्त नियम लागु गरेको हो ।
    'फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि  डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिष्ट र फार्मेसी सहायकले आगामी पुस ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याथ सहितको सेतो एप्रोन लगाई मात्र डिस्पेन्सिङ गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ । 
    सूचना अनुसार फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिने छ,' सूचनामा भनिएको छ। 

    नेपाल फार्मेसी काउन्सिलका रजिस्ट्रार फर्मासिष्टले हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर र फार्मेसी सहायले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्वर उल्लेख गर्नुपर्ने जानकारी दिए ।


    सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा सेवा प्रवाह गर्दा माथी उल्लेख भएको ड्रेसकोड मिति २०८१ पुस ४ बाट अनिवार्य रुपमा प्रयोग गर्न सम्पूण फर्मासिष्ट एवम् फार्मेसी सहायकलाई जानकारी गराइएको छ। 
    साथै २०८१ पुस ४ बाट ड्रेसकोडको पालना भए/नभएको सम्वन्धी अनुगमन परिषदबाट हुने र पालना नभएको अवस्थामा परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३.२ बमोजिम कारवाहि प्रक्रिया अगाडि बढाइने बताइएको छ। 

    हेरौं सूचना: 

    FB_IMG_1732091621878.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार