काठमाडौँ, २९ फागुन । सरकारले नेपाल फार्मेसी काउन्सिलको रजिष्ट्रारमा सञ्जीव पाण्डेय दोहोरिएका छन् ।
उनलाई सरकारले पुनः फार्मेसी काउन्सिलको रजिष्ट्रारमा नियुक्त गरेको हो ।
उनी यसअघि पनि काउन्सिलको रजिष्ट्रार थिए । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा फागुन २४ गते मन्त्रिपरिषद्को बैठकले फार्मेसी परिषद्को रजिष्ट्रारमा नियुक्त गरेको हो ।
उनलाई चार वर्षको लागि सरकारले नियुक्त गरेको हो ।
उनले मन्त्रीपरिषदले २४ फागुनमा नियुक्त गरेपनि विदाको कारणले मंगलबार मात्र जिम्मेवारी सम्हालेको जानकारी दिए ।