• बिहीबार , ५ कात्तिक २०८३
  • images

    डा. सुन्दरप्रसाद ह्योजुको एआईजीमा बढुवा

    डा. सुन्दरप्रसाद ह्योजुको एआईजीमा बढुवा

    बुधबार, कात्तिक १४ २०८१
    बुधबार, कात्तिक १४ २०८१
    डा. सुन्दरप्रसाद ह्योजुको एआईजीमा बढुवा

    काठमाडौँ, १४ कात्तिक ।  नायव महानिरीक्ष्क (डीआईजी) डा सुन्दरप्रसाद ह्योजुको बढुवा भएको छ। 
     सरकारले नेपाल प्रहरीतर्फ (प्रहरी नायव महानिरीक्षकको (डीआईजी)बाट  अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा सुन्दरप्रसाद ह्योजुलाई प्राविधिक तर्फ एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    images

    यस्तै प्रहरी नायव महानिरीक्ष्क (डीआईजी) किरण राणालाई एआईजीमा बढुवा गर्ने निर्णय  गरेको छ । 
     सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल प्रहरीका दुई जना डीआईजी एआईजीमा बढुवा गरि पदस्थापन गर्ने निर्णय भएको जानकारी दिए ।


    उनले बढुवा भएका डा ह्योजुलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र एआईजी राणालाई प्रदेश समन्वय विभाग नक्सालमा पदस्थापन गर्ने निर्णय भएको बताए ।

    डा ह्योजु एनेस्थेसियाका डाक्टर हुन् । उनी अब नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रमुख बन्ने छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार