• सोमबार, १५ भदौ २०८३
  • images

    जलनको उपचार निःशुल्क गर्ने निर्णय

    जलनको उपचार निःशुल्क गर्ने निर्णय

    आइतबार, कात्तिक ४ २०८१
    आइतबार, कात्तिक ४ २०८१
    जलनको उपचार निःशुल्क गर्ने निर्णय


    काठमाडौँ ४ कात्तिक । सरकारले जलन भएका व्यक्तिको निःशुल्क उपचार गर्ने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको प्रस्तावमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । 
     जलनको उपचारका लागि चालू आर्थिक वर्ष २०८१÷०८२ मा स्वास्थ्य मन्त्रालयको आन्तरिक श्रोतबाट निःशुल्क उपचार हुने छ । 


    स्वास्थ्य मन्त्रालयका अनुसार  हाल कोशी प्रदेशमा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशमा नारायणी अस्पताल विरगञ्ज, बागमती प्रदेशमा किर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा जलन उपचारको व्यवस्था निःशुल्क हुने छ । 


    जलनका बिरामीको उपचार निःशुल्क गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यविधि बनाएको छ । मन्त्रालयले बनाएको कार्यविधिमा जलनका बिरामीको निःशुल्क उपचार जिल्ला तहका अस्पतालबाट गर्ने उल्लेख छ । कार्यविधि अनुसार जटिल खालको बिरामीका लागि  पाँच लाखसम्म उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको छ । 


    स्वास्थ्य मन्त्रालयले जलनका बिरामीको प्राथमिक उपचार जिल्ला तहका अस्पतालमा हुने, त्यसका लागि आवश्यक जनशक्ति र उपकरण सरकारले दिने मन्त्रालयको योजना रहेको छ । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार