काठमाडौ, २१ भदौ । तीनवटा सरकारी स्वास्थ्य संस्थाले चिकित्सा शिक्षा तर्फ एमबीबीएस अध्यापन गराउन
पाउने भएका छन् ।
चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस अध्ययनका लागि ५०÷५० सिट तोकेको छ ।
यी तीनवटै प्रतिष्ठानमा यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्यापन सुरु गर्ने गरी ५०÷५० को दरले सिट निर्धारण भएको हो ।
सरकारले तीन सय शैय्या माथिका अस्पतालहरुमा एमबीबीएस कक्षा सञ्चालन गर्ने नीति अनुरुप यसपटक तीनवटा प्रतिष्ठानले एमबीबीएसको पढाई सञ्चालन गर्न पाउने भएका हुन् ।