काठमाडौँ, २१ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाइले सञ्चालन गरेको झापास्थित विएण्डसी मेडिकल कलेजले यो वर्षबाट एमबीबीएस पढाउन पाउने भएको छ । चिकित्सा शिक्षा आयोगले बिएन्डसी मेडिकल कलेजलाई एमबीबीए अध्यापनका लागि ५०सिट तोकेको छ ।
प्रसाईले सञ्चालनमा ल्याएको बिएन्डसीले वर्षौपछि मात्र एमबीबीएसमा सिट पाएको हो। कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि मात्र आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएर यो वर्षबाट ५० सिट निर्धारण गरेको हो ।
विएण्डसी मेडिकल कलेज काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।