• सोमबार, १५ भदौ २०८३
  • images
    विश्व स्वास्थ्य

    चिकित्सकमाथि  कुटपिट भएपछि देशव्यापी अस्पताल बन्दको घोषणा

    चिकित्सकमाथि  कुटपिट भएपछि देशव्यापी अस्पताल बन्दको घोषणा

    आइतबार, भदौ १६ २०८१
    आइतबार, भदौ १६ २०८१
    चिकित्सकमाथि  कुटपिट भएपछि देशव्यापी अस्पताल बन्दको घोषणा

    बंगलादेश,१६ भदौ  । सहकर्मी चिकित्सकमाथि कुटपिट तथा आक्रमणको विरोधमा बंगलादेशका चिकित्सकहरुले आजबाट देशव्यापी स्वास्थ्य संस्था हड्तालको आव्हान गरेका छन् ।
     उनीहरुले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सुरक्षा सहितका चार बुँदे माग अघि सार्दै देशव्यापी अस्पताल बन्दको घोषणा गरेका छन् ।

    गत शुक्रबार एक जना विद्यार्थी सडक दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी ढाका मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचारका लागि ल्याइएको थियो । तर उनको शनिबार विहानै मृत्यु भयो । मृत्यु पछि उनका आफन्त तथा साथीभाइहरुले दोष चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि लगाएर कुटपिट तथा तोडफोडमा उत्रिएका थिए  ।


    उपचार गर्ने स्थलमै आफूहरुमाथि असुरक्षा बढेको भन्दै तत्काल ढाका मेडिकल कलेज टिचिङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले घटनाका दोशीको पहिचान गर्दै कार्वाही गर्न २४ घण्टे अल्टिमेटम दिएका थिए । तर दिइएको अवधीमा कार्वाही नभएपछि आज अपरान्ह देखि अनिश्चितकालिन हड्तालमा आफूहरु उत्रिएको चिकित्सकहरुले बताएका छन् ।

    उनीहरुले सरकारी निजी मेडिकल कलेज, सबै प्रकारका अस्पताल, स्वास्थ्य संस्थाहरु बन्दको आव्हान गरेका छन् । चिकित्सकहरुले सरकारले आफूहरुको माग पुरा नहुँदासम्म आज घोषित आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।

    बन्दका क्रममा उपचार नपाएर कसैको ज्यान गएमा जिम्मेवारी कसले लिने भन्ने प्रश्नमा आन्दोलनरत चिकित्सकहरुले त्यस्तो घटना भएमा जिम्मेवार स्वयं सरकार हुने बताए ।

    ‘हाम्रो माग जति छिटो पुरा हुन्छ, त्यति नै राम्रो हुन्छ । हाम्रो माग पूरा हुनेबित्तिकै उपचार सुरु गर्छौं ,’ एक जना चिकित्सकले भने ।

    बंगलादेश युनिभर्सिटी अफ बिजनेश एण्ड टेक्नोलोजीमा सिभिल इन्जिनिरिङमा अध्ययन्रत २४ बर्षीय विद्यार्थी अहसानुल इस्लाम दिप्तो शुक्रबार राती मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए ।

    चिकित्सकहरुले आक्रमणकारीहरुलाई पक्राउ गर्न र कार्वाही गर्न, सुरक्षित कार्यस्थल सुनिस्चित  गर्ने लगायतका मागहरु अघि सारेका छन् । यसैबीच, कुटपिट घटना र उपचारमा लापरवाहीको आरोपको छानबिन गर्न सरकारले दुई छुट्टाछुट्टै छानबिन समिति गठन गरेको छ ।

    चिकित्सकका मागहरु:
    १. ढाका मेडिकल कलेजमा कुटपिट तथा तोडफोड जस्तो निन्दनीय घटनामा सम्लग्नलाई २४ घण्टा भित्र पहिचान गरी पक्राउ गर्ने र छिटो भन्दा छिटो कार्वाही अघि बढाउनु पर्ने ।

    २. सबै स्वास्थ्य संस्थामा सशस्त्र स्वास्थ्य प्रहरी सुरक्षा व्यवस्था गराई तत्काल सुरक्षित कार्यस्थल सुनिश्चित गर्नुपर्ने ।

    ३. सुरक्षित स्वास्थ्य सेवाको प्रावधान सुनिश्चित गर्न बिरामीबाहेक तिनका आफन्तहरुले स्वास्थ्य सुरक्षा प्रहरीले प्रदान गर्ने पास लिएर मात्रै प्रवेश अनुमति दिनु पर्ने ।

    ४ उपचारमा लापरवाही तथा त्रुटी भएको महसुस भएमा सम्वन्धित निकायमा उजुरी गर्नु पर्ने र त्यसको दोषी भएमा कार्वाही हुृने व्यवस्था गर्नु पर्ने तर व्यक्तिहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्न नपाइने । कानून हातमा लिन नपाइने ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार