• सोमबार, १५ भदौ २०८३
  • images

    पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु

    पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु

    सोमबार, भदौ १० २०८१
    सोमबार, भदौ १० २०८१
    पोखरीमा डुबेर दाजु बहिनीको  मृत्यु

    खोटाङ, १० भदौ । खोटाङमा एउटै घरका दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

     हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार  गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा संगम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको हो । 

    बालक दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममता खोज्दै जादा ५ः४५ को समयमा पोखरीमा डुबिरहेको अवस्थामा बच्चालाई भेटिएको थियो । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका बच्चालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ । घरमा ल्याउने बित्तिकै दुइवटै बच्चाको मृत्यु भएको थियो । 

    मृतक संगम स्थानीय कलङ्का माविमा कक्षा २ मा अध्ययनरत थिए । बुवा गयन्द्र रोजगारीका लागि हाल विदेशमा छन् । गयन्द्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार