• सोमबार, १५ भदौ २०८३
  • images

    बस दुर्घटनामा घाइतेको शिक्षण अस्पतालमा उपचार हुँदै 

    बस दुर्घटनामा घाइतेको शिक्षण अस्पतालमा उपचार हुँदै 

    शुक्रबार, भदौ ७ २०८१
    शुक्रबार, भदौ ७ २०८१
    बस दुर्घटनामा घाइतेको शिक्षण अस्पतालमा उपचार हुँदै 

    काठमाडौँ, ७ भदौ ।  तनहुँको ऐना पहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा घाइतेलाई थप  उपचारका लागि काठमाडौं ल्याइएको छ ।

    उनीहरुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदैछ ।


    शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले बस दुर्घटनामा घाइते मध्ये  १२ जनाको  उपचार भइरहेको बताए । 

    घाइते लाइ ‘नेपाली सेनाले हेलिकप्टरमा ल्याइएको थियो ।


    यसअघि नेपाली सेनाको मेडिकल टिमसहितको उद्धार टोली लिएर सेनाको हेलिकप्टर दुर्घटनास्थल पुगेको थियो ।  आँबुखैरेनी अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि १२ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाइएको थियो ।
     पोखराबाट काठमाडौं आउँदै गरेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको उक्त बस शुक्रबार बिहान साढे ११ बजे सडकबाट मर्स्याङ्दी किनारमा खसेको थियो ।

    बसमा चालकसहित ४३ जना सवार थिए । प्रहरीका अनुसार उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    भारतको गोरखपुरबाट पर्यटक लिएर भदौ ४ गते नेपाल भित्रिएको बसले पर्यटकलाई पोखरा घुमाएर काठमाडौंतर्फ ल्याइरहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार