अख्तियारद्धारा विशेष अदालतमा मुद्धा जाहेर
काठमाडौँ, ६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिअहेव हिमा डुम्रे न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
उनी हाल स्याङ्जाको श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत छन् ।
अख्तियारले शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको भन्ने उजुरीमा अनुसन्धान हुँदा श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सिअहेब अधिकृत छैठौं पदमा कार्यरत हिमा डुम्रे न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी श्री करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, रापअनं तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त भई श्री जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङ नगरपालिका, स्याङ्जामा सिअहेब अधिकृत छैठौं पदसम्म कार्यरत रही सरकारी लाभ सुविधा लिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमाऐनको दफा १६ को उपदफा १ बमोजिमको सजाय हुन मागदावी गरिएको छ।