काठमाडौँ, ९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र विराट मेडिकल कलेजका डा.कार्की विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानुनी रुपमा नपाएको प्राध्यापक पदलाई उहाँले मिलेमतोमा लिएर ‘स्तरोन्नति’ गराएको आरोप पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो ।
‘पाउँदै नपाएको प्राध्यापकको पद प्रयोग गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा हालिएको हो । त्यसैगरी गिरीलाई नक्कली प्राध्यापकको उपाधी दिएको आरोपमा विराट मेडिकल कलेजका अध्यक्ष ज्ञानेन्द्रमान सिंह कार्कीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । कार्कीले ठाडो रुपमा प्राध्यापक पद दिएको र गिरीले लिएको देखिन आएको छ, खख्तियारद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
कुनै पनि विश्वविद्यालयले विशेष प्रक्रिया पुर्याएर उक्त उपाधी दिनुपर्ने कानुनी व्यवस्था छ । तर कार्कीले गिरीलाई ठाडै प्राध्यापकको उपाधी दिएको आरोप छ । गिरीले झैँ धेरैले उक्त उपाधी लिएको र कार्कीले झैँ धेरैले त्यसरी प्राध्यापकको प्रमाणपत्र उपलब्ध गराएका सबैमाथि अख्तियारले छानबिन थालेको हो ।