• सोमबार, १५ भदौ २०८३
  • images

    अभिनेत्री चक्रवर्तीलाई बलात्कारको धम्की 

    अभिनेत्री चक्रवर्तीलाई बलात्कारको धम्की 

    डाक्टरको विरोधमा समर्थन गरेको आरोप 

    बुधबार, भदौ ५ २०८१
    बुधबार, भदौ ५ २०८१
    अभिनेत्री चक्रवर्तीलाई बलात्कारको धम्की 

    कोलकाता, ५ भदौ । कोलाकाताकी एक महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको बिरुद्धमा जारी आन्दोलनमा समर्थन जनाएको भन्दै तृणमूल कांग्रेस (टीएमसी)की  पूर्व सांसद तथा अभिनेत्री मिश्टि चक्रवर्तीलाई बलात्कारको धम्की आएको छ। 

    महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको बिरुद्धमा जारी आन्दोलनमा समर्थन जनाएको भन्दै उनलाई बलात्कारको  धम्की आएको हो । 

    स्क्रिनसट साझा गर्दै  उनले भनेकी छिन्,  'डाक्टरको विरोधलाई समर्थन गरेको भन्दै मलाई बलात्कारको धम्की आइरहेको छ।'

    उनले कोलकाता साइबर क्राइम डिभिजनलाई ट्याग गर्दै साझा गरेकी छिन्।  उनले भनेकी छिन्,  'हामी महिला अधिकार र न्यायको माग गरिरहेको  छौं । भिडमा उभिएका नकाबधारी पुरुषले बलात्कारको धम्कीलाई सामान्य बनाइदिएका छन्। कुन हुर्काइ र शिक्षाले यस्तो गर्न अनुमति दिन्छ ?'

    कोलकाताको आर जी कर मेडिकल कलेजमा कार्यरत एक महिला चिकित्सकको बलात्कारपछि हत्या भएको थियो। सुरक्षा र न्यायको माग गर्दै भारतीय चिकित्सकहरु आन्दोलित छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार