• सोमबार, १५ भदौ २०८३
  • images

    १९ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

    १९ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

    हेल्दीखबर
    शनिबार, असार १८ २०७९
    हेल्दीखबर
    शनिबार, असार १८ २०७९
    १९ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

    तम्घास । गुल्मीमा १९ वर्षीया बुहारीलाई  बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ  परेका छन् । 

    जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ६ स्थित ३५ वर्षीय जेठाजुले सहोदर १९ वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

    १९ वर्षीया बुहारीलाई वडा नम्वर ६ स्थित  किटेनी गोठमा असार १४ गते  दिउँसो  ३ बजे जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार