• सोमबार, १५ भदौ २०८३
  • images

    विश्व स्वास्थ्य संगठनद्धारा मङ्कीपक्सलाई  विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

    विश्व स्वास्थ्य संगठनद्धारा मङ्कीपक्सलाई  विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

    १३ देशमा फैलियो, ५१७ जनाको मृत्यु 

    शुक्रबार, साउन ३२ २०८१
    शुक्रबार, साउन ३२ २०८१
    विश्व स्वास्थ्य संगठनद्धारा मङ्कीपक्सलाई  विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

    काठमाडौं, ३२ साउन। मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी सार्बजनिक स्वास्थ्य संकटकालको घोषणा गरेको छ ।

     अफ्रिकाका केही भागहरूमा मङ्कीपक्स अर्थात एमपक्स को प्रकोप फैलिएपछि (डब्ल्यूएचओ) ले संकटकालको घोषणा गरेको हो ।

    मङ्कीपक्स कंगोबाट सुरु भएर १३ देशमा फैलिसकेको छ । अहिले सम्म यो रोगबाट ५१७ जनाको ज्यान गइसकेको छ ।

    अत्यधिक सङ्क्रामक रोग एमपक्सका कारण कङ्गोमा ४५० जनाको ज्यान गएको छ । अहिले यो सङ्क्रमण मध्य र पूर्वी अफ्रिकामा फैलिरहेको छ । 

    वैज्ञानिकहरूले यस रोगको नयाँ भेरियन्ट तीव्र फैलिरहेको र यसको उच्च मृत्युदरलाई लिएर चिन्ता व्यक्त गरेका छन ।

    विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

    अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ उहाँले भन्नुभएको छ ।

    मानिसहरूलाई बिफर गराउने प्रजातिको भाइरसबाट मङ्कीपक्स सङ्क्रमण हुन्छ । यो भाइरस सबैभन्दा पहिले जनावरबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ ।

    मङ्कीपक्सको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन् ।

    ज्वरो उच्च भएपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन् । यो अनुहारबाट शुरू भएर शरीरका अन्य भागमा फैलिन्छ । बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ ।
    मङ्कीपक्सको सङ्क्रमणबाट आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया हुने र ज्यान पनि जान सक्छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार