• सोमबार, १५ भदौ २०८३
  • images

    क्युबीडी फर्मास्यूटिकल्सद्वारा 'टोल्भाप्टन' औषधि उत्पादन 

    क्युबीडी फर्मास्यूटिकल्सद्वारा 'टोल्भाप्टन' औषधि उत्पादन 

    शुक्रबार, साउन २५ २०८१
    शुक्रबार, साउन २५ २०८१
    क्युबीडी फर्मास्यूटिकल्सद्वारा 'टोल्भाप्टन' औषधि उत्पादन 

    काठमाडौं, २५ साउन । क्युबीडी फर्मास्यूटिकलले टोल्भाप्टन औषधि बजारमा ल्याएको छ। 

    काभ्रेको साँगास्थित क्युबीडी फर्मास्यूटिकल्सले 'टोल्भाप' नाम गरेको टोल्भाप्टन औषधि बजारमा ल्याएको हो। 

    कम्पनीका मार्केटिङ निर्देशक ऋषिकेश भण्डारीले यो औषधि  नेपाली बजारमा ल्याउने क्युबीडी नै पहिलो कम्पनी भएको दाबी गरे। उनलेे औषधि बजारमा आएको चार दिन मात्रै भएको बताए ।

    'यो औषधि हाइपोनेट्रेमिया, हर्ट फेलिएर र सिन्ड्रोम अफ इनएप्रोप्रिएट एन्टिड्यूर्टिकको उपचारमा प्रयोग हुन्छ। टोल्भाप्टन अर्फान ड्रग क्याटोगोरी अन्तर्गत पर्दछ। 

    उनले यसअघि नेपालमा यो औषधि उपलब्ध नभएर बिरामीहरुले भारत तथा अन्य मूलुकबाट ल्याउनु पर्ने बाध्यता रहेको बताए । अब क्युबीडीले यो औषधि बजारमा सहजरुपले उपलब्ध गराइसकेको उनको भनाइ छ ।

    त्यस्तै अर्फान ड्रग लिस्टमा पर्ने एटोमोक्सेटिन पनि क्युबीडीले नेपाली बजारमा १ बर्ष अघि नै एटोमोक्स नाममा ल्याइसकेको छ। यो औषधि एडीएचडीको उपचारको लागि प्रयोगमा आउँछ। 

    कम्पनीका टेक्निकल निर्देशक सुमित चन्द्र श्रेष्ठले देशलाई औषधिको उत्पादनमा आत्मनिर्भरता तर्फ उन्मुख गराउने उदेश्यले औषधि उत्पादन गरेको बताए ।
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार