• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालमा सुईंको कारणले हेपाटाइटिसको संक्रमण

    नेपालमा सुईंको कारणले हेपाटाइटिसको संक्रमण

    हेपाटाइटिसबाट हरेक वर्ष  ११ लाखको मृत्यु

    सोमबार, साउन १४ २०८१
    सोमबार, साउन १४ २०८१
    नेपालमा सुईंको कारणले हेपाटाइटिसको संक्रमण

    काठमाडौं १४ साउन ।  सरकारले सन् २०३० सम्म हेपाटाइटिस अन्त्य गर्ने लक्ष्य लिएपनि चुनौती देखिएको छ। 
    नेपालमा प्रत्येक वर्ष ०.९ प्रतिशत हेपाटाइटिसका नयाँ बिरामी फेला परिरहेकोले  हेपाटाइटिस अन्त्य गर्ने लक्ष्य चुनौतीपूर्ण देखिएको हो ।

     सन् २०२१ को तथ्यांक अनुसार नेपालमा ९१ प्रतिशत मानिसहरुमा हेपाटाइटिसको भ्याक्सिन लगाइएका छन् ।
    हेपाटाइटिस हुने विभिन्न कारणहरुमध्ये नेपालमा बढी मात्रामा सुईंका कारणले यसको संक्रमण हुने गरेको छ। 


     हेपाटाइटिस संक्रमणका कारण विश्वमा हरेक वर्ष ११ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। 


    विश्व हेपाटाइटिस दिवसका अवसरमा  जनस्वास्थ्य कार्यालय काठमाडौंले आयोजना गरेको पत्रकार सम्मेलनमा  राष्ट्रिय जनस्वास्थ्य कार्यालयकी निमित्त निर्देशक सुलोचना खतिवडाले विश्वमा हरेक वर्ष ११ लाख मानिसको हेपाटाइटिस संक्रमणले मृत्यु हुने गरेको बताइन । 

    विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार 'हरेक वर्ष ११ लाख मानिसको हेपाटाइटिस संक्रमणले मृत्यु हुने गरेको छ ।


    सरकारले सन् २००५ देखि गर्भवती महिलाहरुले हेपाटाइटिसको परीक्षण गर्नुपर्ने नियम ल्याएको थियो।  
     हेपाटाइटिस कति प्रकारको हुन्छ ?
    हेपाटाइटिस ए,बी,सी,डी र ई गरी ५ प्रकारको हुन्छ। विभिन्न प्रकारका हेपाटाइटिसमध्ये ए र ई पानीको माध्यमबाट सर्ने आरएनए भाइरस हो। हेपाटाइटिस बी हुनेलाई डीको संक्रमण हुने सम्भावना बढी हुन्छ। वयस्कहरुलाई भन्दा बच्चाहरुलाई यो भाइरसले बढी मात्रामा र छिटो संक्रमण गराउँछ। हेपाटाइटिस भाइरसको संक्रमण भई निको भएमा यसले एन्टीबडी बढाउँछ। सामान्यतया ४ सातासम्म निको भइसक्ने यो भाइरस ६ महिनाभन्दा बढी देखिएमा दीर्घकालीन हुने डर हुन्छ। 

    हेपाटाइटिसको भ्याक्सिन हेपाटाइटिस बी इम्युनो ग्लोबिन र हेपाटाइटिस बी भ्याक्सिन गरी दुई प्रकारको हुने गर्छ। यो भ्याक्सिनको पहिलो मात्रा लगाएको १ महिनामा दोस्रो मात्रा र ५ महिनामा तेस्रो मात्रा लगाउनुपर्ने हुन्छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार